हङकङमा बनाइयो कोरोना भाइरसको खोप, प्रयोगमा ल्याउन लामो समय लाग्ने

हङकङमा बनाइयो कोरोना भाइरसको खोप, प्रयोगमा ल्याउन लामो समय लाग्ने

नेपालखबर
माघ १४, २०७६ मंगलबार १५:३९,

हङकङका अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको खोप आविष्कार गरेको बताएका छन्। यद्यपि यसलाई परीक्षण गर्न केही समय लाग्ने उनीहरुको भनाइ छ।

सरुवा रोग विशेषज्ञ प्राध्यापक युन कोक युङले आफ्नो अनुसन्धान टोलीले खोप विकास गरेको बताएका हुन्।

एक सय ६ जनाको ज्यान लिइसकेको कोरोना भाइरसको खोप विकास गर्न चीन र अमेरिकाका वैज्ञानिकहरु पनि लागिपरेका छन्।

‘हामीले खोप त उत्पादन गरिसक्यौँ, तर जनावरमा परीक्षण गर्न लामो समय लाग्नेछ,’ युनिभर्सिटी अफ हङकङका प्राध्यापक युनले भने। जनावरमा परीक्षण गर्न महिनौँ र त्यसपछि मानिसमा प्रयोग गर्न अर्को एक वर्ष लाग्न सक्ने बताए।

चीनको हुबेई प्रान्तस्थित वुहानबाट फैलिएको यो भाइरस दर्जनभन्दा बढी मुलुकमा पुगिसकेको छ। जसबाट कम्तीमा ४ हजार मानिस बिरामी परिसकेका छन्। एजेन्सी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .