हङकङमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० पुग्यो

हङकङमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० पुग्यो

नेपालखबर
माघ १५, २०७६ बुधबार १२:९,

बुधबारसम्म कोरोनाको संक्रमणबाट चीन लगायत अन्य १८ मूलुकमा ६ हजारभन्दा बढी बिरामी परिसकेका छन्।

चीनमा मात्र १ सय ३२ को ज्यान गइसक्दा हङकङमा १० जनामा कोरोनाको संक्रमण देखिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

मंगलबार सम्म ८ जनामा कारोनाको संक्रमण देखिएको थियो। बुधबार थप दुई जनामा कोरोना देखिएको जनाइएको छ। ७२ र ७३ वर्षका वृद्धा र वृद्ध जोडी यस रोगबाट ग्रस्त बनेका हुन्।

हाल उनीहरुको पोक फु लामस्थित क्युन मेरी अस्पतालमा उपचार भइरहेको छ।

हङकङले कोरोनाको संक्रमणलाई फैलन नदिन मुख्य क्षेत्र चीन जाने सबै रेल सेवा तथा डुंगा सेवा बिहीबारदेखि अनिश्चितकालसम्म स्थगित गर्ने योजना बनाइसकेको छ।

कोरोनाको संक्रमण बढेसँगै गत शनिबारदेखि नै हङकङमा स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरिएको छ।

यस माहामारीको खतरा मध्यनजर गर्दै सरकारले फेब्रुअरी १७ सम्म सबै विद्यालयहरु पनि बन्द गरेको छ।

चीनको वुहान शहरमा यस भाइरस पहिलोपटक देखिएको थियो। वुहान शहरबाट भ्रमणमा आएका चिनियाँ पर्यटकमा नै पहिलोपटक हङकङमा कोरोनाको संक्रमण देखिएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .