हङकङको मुख्य सचिव माथ्यु चुङ किन–चङले बिहीबार हङकङले केही दिनभित्रै आफ्ना नागरिकका लागि ३ करोड २० लाख मास्क उपलब्ध गराउने बताएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
चीनको वुहान शहरबाट फैलन सुरु भएको कोरोनाको संक्रमणले हालसम्म १ सय ७० जनाको निधन भइसकेको छ। झन्डै आठहजारमा यो भाइरस देखिँदा हङकङमा पनि केही मानिसमा कोरोना देखिएको छ।
मास्कको माग बढ्न थालेपछि हङकङले ठूलोमात्रामा आफ्ना नागरिकका लागि मास्क आपूर्ति गर्न लागेको हो।
हङकङले कोरोनाको संक्रमणलाई फैलन नदिन मुख्य क्षेत्र चीन जाने सबै रेल सेवा तथा डुंगा सेवा बिहीबारदेखि अनिश्चितकालसम्म स्थगित गर्ने योजना बनाइसकेको छ।
कोरोनाको संक्रमण बढेसँगै गत शनिबारदेखि नै हङकङमा स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरिएको छ।
यस माहामारीको खतरा मध्यनजर गर्दै सरकारले फेब्रुअरी १७ सम्म सबै विद्यालयहरु पनि बन्द गरेको छ।
प्रतिक्रिया