गोरखा ट्रेलब्लेजर दौड प्रतियोगितामा नेपालखबरको टिम तयार

गोरखा ट्रेलब्लेजर दौड प्रतियोगितामा नेपालखबरको टिम तयार

नेपालखबर
माघ १५, २०७६ बुधबार १५:२८,

आगामी फेब्रुअरी ८ तारिक हङकङमा आयोजना हुन लागेको लोकप्रिय क्युनेट गोरखा ट्रेलब्लेजर दौड प्रतियोगितामा नेपालखबरले आफ्नै टिम तयारी गरेको छ।

गत वर्षबाट गोरखा ट्रेलब्लेजर प्रतियोगिताको लागि एक मात्र अफिसियल मिडिया पार्टनरको भूमिका निर्बाह गर्दै आएको नेपालखबर हङकङले आफ्नै टिम तयार गरी प्रतियोगितामा समेत भाग लिएको थियो।

gorkha-race.jpg

तर यो पटकको कथा भने बेग्लै छ। गत वर्ष रित्तो हात फर्केका टिम नेपालखबर यो पटक उपाधी हत्याउने दाउमा रहेको कुरा टिमलाई नेतृत्व गरिरहेका समाचार संयोजक मगेन्द्र राईले निर्धक्क साथ भने। उनी भन्छन् ‘यो पटक पनि मिडियाको भुमिका निर्बाह गर्न छदैछ त्यसका अलवा प्रतियोगितामा तीन शिर्ष स्थान प्राप्त गर्नेहरुलाई प्रदान गरिने चादिका खुकुरीहरु मध्ये कम्तिमा ३–४ वटा खुकुरी हात पार्नेछौं।’ राईका अनुसार टिम नेपालखबरमा यो पटक समेत करिब आधा दर्जन भन्दा बढी प्रतियोगीहरुले भाग लिने बताए।

कस्ता छ्न टिम नेपालखबरका सहभागीहरु?

हरि कुमार रिमाल

hari.jpg
उनी नेपाली सेनाका वारेन्ट अफिसर हुन्। हाफ म्याराथुनका राष्ट्रिय कीर्तिमान कायम गरेका उनी ट्र्याक एन्ड फिल्डका तर्फबाट ब्राजिल ओलम्पिकमा सहभागी धावक हुन्। उनी साग गेमका पदकधारी हुन् भने सन् २०१८ मा सम्पन्न अन्नपूर्ण म्याराथन र सफल पोखरा अन्तर्रास्ट्रिय म्याराथन बिजेता समेत हुन्। साथै कान्तिपुर हाफ म्याराथनमा पटक पटक बाजि मार्ने बिजेता पनि हुन्। उनी टिम नेपालखबरबाट २६ किलोमीटरका लागि भाग लिँदैछन्। आफ्नो सहभागीताबारे उनले नेपालखबरसँग भने ‘यो एक संयोग वा शौभाग्य हो कि म पहिलो पटक हङकङको दौडमा भाग लिँदैछु, त्यसमाथी आफ्ना अग्रजहरुले आर्जन गरेका गौरबमय इतिहासको समरण र सम्मान गर्ने मौकाको रुपमा पनि यो दौडलाई लिएको छु।’ उनले आत्मबिश्वासका साथ भने ‘यो दौडमा म खाली हात हुनेछैन, म आफ्नो क्षमता र कौशल देखाएर उपाधी चुमेरै छाड्नेछु।’ उनीबाट टिमले उपाधी प्राप्त गर्ने आशा गरेको छ।

याम बहादुर लिम्बू ‘नुगो याम’

yam.jpg
करिब ३ वर्ष अगाडिबाट ट्रैल रन शुरु गरेका हङकङ निबासी ‘नुगो याम’ को सफलताको कथा लोभलाग्दो र रोचक मात्र छैन प्रेरणादायी समेत छ्न्। मिजासिलो स्वभाव उनले हङकङमा सम्पन्न छोटो र लामो दुबै गरि दर्जनौँ जितहरु निकालिसकेका छन्। ‘गोर्खाली चिता’ को उपनामले चिनिएका उनले केही दिन अगाडि सर्बाधिक चुनौतीपूर्ण मानिने २९८ किमि लामो हङकङ फोर ट्रैल अल्ट्रा च्यालेन्ज प्रतियोगितामा प्रथम स्थान हासिल गरेर विश्वकै एलिट धावकको रुपमा प्रमाणित गरेर देखाईदिएका छन्। उनी टिम नेपालखबरको तर्फबाट २६ किलोमीटरतर्फ भाग लिने भएका छन्। उनी गत वर्ष ट्रैलब्लेजरमा उमेर समुहमा प्रथम स्थान हासिल गरेका थिए। कुनै पनि सहभागी प्रतियोगितामा रित्तो हात नफर्केका उनी भन्छन्, ‘ यो प्रतियोगिता विशेष भएकोले छुटाउनै मिल्दैन, म २६ किमि दौडिने छु। मलाई छोटो लामो दुबै किसिमका दौडहरु मन पर्छ,आनन्द उठाउँदै दौडिने हो।’ नुगोबाट एक खुकुरी पक्कापक्कि आउने संयोजक राईले बताए।

दिनानाथ बगाले

dinanath.jpg
हङकङ र चीनमा मात्र हैन जापानको १६८ किलोमिटर लामो माउन्ट फुजि अल्ट्रा रन र फ्रान्सको १७२ किलोमीटर लामो युटिएमबि जस्ता बिख्यात दौडहरुको अनुभव लिएका दिनानाथ लामो दौडमा रुचि राख्छन्। दर्जनौं दौडमा भाग लिई सफलता समेत हासिल गरेका उनी टिम नेपालखबर बाट २६ किलोमीटर तर्फ सहभागी हुँदैछन्। उनीबाट समेत टिमले एक खुकुरीको आशा गर्न सकिने बताइएको छ।

सन्तोष तामाङ

santosh.jpg
कुनै ताका ट्रैल रनमा तहल्का मच्चाएका सन्तोष तामाङ नेपालखबर हङकङका रेडियो सम्वाददाता समेत हुन। ‘लोकल हिरो’ को उपमा पाएका उनी पछिल्लो समयमा अलि निष्कृय देखिएका छन्। उनले केही प्रतियोगिताहरु ब्याक टु ब्याक जितेर कीर्तिमान कायम गरेका थिए भने भिभराम हङकङ १०० किमि तर्फ एशियामै तेस्रो स्थान समेत हासिल गरेका थिए। काम र दौडसँगै अगाडि बढाउन मुस्किल भएको उनको अनुभव छ। ट्रेनिङ गर्न मनग्ये समय र वातावरण भए अझै पनि तहल्का मच्चाउन सक्ने जोस भएको बताउछन्। उनी गत वर्ष ट्रेल ब्लेजरमा १२ किमि तर्फ चौथो स्थानमा आएका थिए।

माया गुरुङ

maya.jpg
केही म्युजिक भिडियो र गुरुङ भाषी फिल्म समेत अभिनय गरेकी माया गुरुङ पछिल्लो समयमा ट्रैल रन तर्फ जम्दै आएकी छिन्। स्वस्थ अप टु डेट गर्न पनि हाईकिङ गर्न थाले पछि बिस्तारै ट्रैल रन तर्फ आकर्षित भएकि हुन्। अहिलेसम्म दर्जनौं दौडमा सहभागिता जनाई सकेकी माया टप टेन फिनिसर हुन्। गत टिम नेपालखबरको तर्फबाट मायाले १२ किमि तर्फ सातौं स्थान हासिल गरेकी थिईन्।

मगेन्द्र राई

magendra.jpg
पूर्व तेक्वान्दो र टेनिस खेलाडी तथा प्रशिक्षक राई नेपालखबर हङकङका समाचार संयोजक हुन्। ट्रैलब्लेजरमा टिम नेपालखबरका नेतृत्व गरेका राईले गत वर्ष समेत सहभागिता जनाएका थिए। राईले गत वर्ष १२ किमि को निर्धारित दुरि १.३० मिनट भित्र पार गरेकोमा यो पटक १.१५ भन्दा अगावै छिचोल्ने लक्ष्य राखेका छन्। उनी भन्छन ‘नेपालीहरुको गाथा र गौरब सङ्ग जोडिएको उक्त प्रतियोगितालाई सफल पार्न हरेक नेपालीहरुले साथ र सहयोग गर्न जरुरी छ।’

हरि लामा

hari-lama.jpg
जुडोका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक लामा छिटफुट ट्रैल रनमा भाग लिँदै आएका छन्। मिलनसार र सहयोगी भावना भएका लामाले नेपाल बाट हङकङको दौडमा भाग लिन आउने धावकहरुलाई हौसला प्रदान गर्न रेस कोर्ष र चेक प्वाईन्टहरुमा पुग्दथे। उनी स्वस्थ रहन यस्ता किसिमका ईभेन्टहरुमा भाग लिनु पर्ने बताउछ्न्। गत बवर्ष समेत सहभागी जनाएका लामाले यो पटक पनि १२ किमि तर्फ आफ्नो उपस्थिति जनाउने भएका छन्।

डोम राना

dom.jpg

हङकङमा गीतकार र कविको छवि बनाएका डोम राना स्वस्थ्य प्रती संबेदनसिल हुने व्यक्ति हुन। स्वस्थ रहन र दिमागलाई रिफ्रेस गर्न हाईकिङ वा ट्रैल रन गर्न उपयुक्त ठान्दछन। 'हेल्थ इज वेल्थ' भन्ने मान्यतालाई प्राथमिकता दिने डोम रोड म्याराथनमा समेत भाग लिँदै आएका छन्। यो वर्ष पनि गत वर्ष जस्तै १२ किमि तर्फ टिम नेपालखबरको तर्फ बाट भाग लिँदैछन। डोमले यो पटक डेढ घन्टा भित्र दुरि छिचोल्ने लक्ष्य राखेका छन्।

विश्वशान्ति स्थापनार्थ विभिन्न युद्धमा ज्यान गुमाएको गोर्खाहरुको सम्झना र सम्मानमा गोर्खाट्रेलब्लेजर सन २०१८ बाट गोर्खा सेमेटरि ट्रस्ट र चाइल्ड वेल्फेर स्किमको संयुक्त आयोजनामा हरेक बर्ष आयोजना हुँदै आएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .