मंगलबार हङकङको क्वारी बेमा गुडिरहेको बसमा आगो लागेको छ।
किङ्स रोडबाट नर्थ पोइन्टतर्फ जाँदै गरेको सिटीबसमा अचानक आगो लागेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
दिउँसो साढे एक बजेको आसपास पानहोइ स्ट्रिटको चोकमा पुग्दा बसको पछाडि भागबाट अचानक धुँवाको मुस्लोसहित आगो निस्केको थियो।
अचानक गाडीमा आगो लाग्न सुरु भएपछि चालकले होसियारी अपनाएका थिए। उनले तुरुन्तै गाडी रोकेर यात्रुहरूलाई सफलतापूर्वक बाहिर निकाले। त्यसबखत बसमा १२ यात्रु रहेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। दुर्घटनामा कुनै पनि मानवीय क्षति हुन पाएन।
घटनाबारे जानकारी पाउनेबित्तिकै दमकल विभागका कर्मचारी घटनास्थल पुगेर आगो निभाएका थिए। उनीहरूलाई आगो निभाउन करिब २० मिनेट लागेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेअनुसार बसको इन्जिन बढी तातेर आगो लागेको हो। यसबारे अधिकारीहरू विस्तृतमा अध्ययन गरिरहेका छन्।
भिडिओ-
Shares
प्रतिक्रिया