हङकङको युनलङमा पैदलयात्रुलाई ठक्कर दिई भागेका गाडी चालक पक्राउ परेका छन्।
मझौला आकारको गाडीको ठक्करबाट शनिबार ७७ वर्षीया महिलाको मत्यु भएको प्रहरीलाई उद्धृत गर्दैै स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेको छ।
प्रहरीका अनुसार ५४ वर्षीय चालकले महिलालाई ठक्कर दिएपछि घटनास्थलबाट भागेका थिए।
ठक्करबाट घाइते महिलालाई चुनमुन अस्पताल लगिएको थियो। शनिबार दिउँसो पौने ४ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।
प्रहरीले आइतबार जानकारी गराएअनुसार महिलालाई ठक्कर दिई भाग्ने गाडी चालक अन्ततः घटनास्थल फर्किएका थिए।
प्रहरीले उनलाई ज्यान जानेगरी जोखिमपूर्ण तरिकाले सवारीसाधन चलाएको, दुर्घटनापछि नरोकेको र रिपोर्ट नगरेको आरोपमा पक्राउ गरिएको जनाएको छ।
पक्राउ परेका चालक अहिले हिरासतमा छन्। यो केसलाई न्यु टेरिटोरिज नर्थ स्पेसल इन्भेस्टिगेसन टिमले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया