हङकङको क्याथे प्यासिफिक एयरवेजले फेब्रुअरी अन्त्यसम्ममा दैनिक १२ उडान घटाउने भएको छ।
आउँदो चिनियाँ नयाँ वर्षमा उडान प्रभावित नबनुन् भन्ने उद्देश्यले उडानको संख्या घटाउन लागिएको जानकारी कम्पनीले दिएको छ। आइतबार एक विज्ञप्तिमार्फत उक्त जानकारी गराइएको हो।
‘आउँदो चिनियाँ नयाँ वर्षको पिक समयमा क्याथेको उडान सामान्य रूपमा सञ्चालन हुने सुनिश्चित गर्नका लागि केही व्यवस्थापन गरेका छौँ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोनाल्ड लामको भनाइ उद्धृत गर्दै ब्लुमबर्गले लेखेको छ।
क्रिसमस र नयाँ वर्षमा पाइलटको अभावका कारण क्याथेले दर्जनौँ उडान रद्द गरेको थियो। यस्तै अवस्था चिनियाँ नयाँ वर्षमा नदोहोरियोस् भन्ने उद्देश्यले कम्पनीले उपाय अपनाएको देखिन्छ।
एयरलाइन्सले दैनिक धेरै उडान हुने रुटमा ध्यान केन्द्रित गर्दै उडानहरूलाई एकीकृत गरिरहेको जनाएको छ।
147
Shares
प्रतिक्रिया