बिहीबार राति हङकङमा यात्रु बोकेर हिँडेको ट्याक्सीका चालक अचानक बेहोस हुँदा दुर्घटना भएको छ।
राति करिब १० बजे यात्रु बोकेको ट्याक्सी विमानस्थलको पार्किङबाट निस्कने क्रममा चालकले होस गुमाउँदा सडक छेउको बत्तीको पोलमा ठोकिएको स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।
ट्याक्सीलाई ७० वर्षीय ल उपनामका पुरुषले हाँकेका थिए। दुर्घटनापछि घटनास्थल पुगेका प्यारामेडिक्सले उनलाई नर्थ लान्ताउ हस्पिटल लगेका थिए।
ट्याक्सीका यात्रु भने सकुशल छन्। चालकको पूर्वस्वास्थ्य अवस्थाका आधारमा प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।
81
Shares
प्रतिक्रिया