हङकङको उपभोक्ता परिषद् (द कन्जुमर काउन्सिल)ले बजारमा लोकप्रिय रहेका ब्रान्डका लिप्स्टिक परीक्षण गर्दा अधिकांशमा एलर्जी गराउने तत्त्व भेटिएको जनाएको छ।
परिषद्ले बजारमा लोकप्रिय रहेका विभिन्न ३० ब्रान्डका लिप्स्टिक, लिप टिन्ट तथा तरल लिप्स्टिकको परीक्षण गर्दा अधिकांशमा प्रदूषक तत्त्व र एलर्जी गराउने पदार्थ रहेको पत्ता लगाएको हो।
परीक्षणमा २३ वटा परम्परागत मोडल र बाँकी ७ वटा लिप टिन्ट एवं तरल लिप्स्टिक मोडल समावेश गरिएका थिए। जसको बजार मूल्य प्रतिट्युब ६५ देखि ५०५ डलरसम्म छ।
परिषद्लाई उद्धृत गर्दै द स्ट्यान्डर्डले उल्लेख गरेअनुसार ३० मध्ये २३ मोडलमा सर्ट-चेन हाइड्रोकार्बन र चार वटामा लङ-चेन हाइड्रोकार्बनको उच्च मात्रा रहेको पत्ता लागेको हो।
यो मात्राले युरोपेली उपभोक्ता संगठनको सिफारिस मुताबिक सुरक्षा थ्रेसहोल्डको पालना नगर्ने परिषद्ले जनाएको छ।
Shares
प्रतिक्रिया