हङकङ अब्जरभेटरीले अबका दुई दिन हावा चल्ने र मौसम थोरै चिसो हुने जनाएको छ।
मौसम पूर्वानुमानकर्ताका अनुसार उत्तरपूर्वी मनसुनका कारण दक्षिणी चीनको तटलाई असर गर्नेछ र यो क्षेत्रमा हावा चल्नेछ।
साताको उत्तरार्द्धमा भने मनसुन मध्यम हुँदै जाने र तापक्रम अलिकति बढ्ने मौसम पूर्वानुमानकर्ताको अनुमान छ।
त्यसैगरी मानक चार्टर्ड हङकङ म्याराथन हुने जनवरी २१ का दिन चाहिँ तापक्रम १५ डिग्रीमा पुग्ने मौसमविद्ले बताएका छन्।
अब्जरभेटरीको नौ दिनको मौसम पूर्वानुमानअनुसार तापक्रम झर्दै जानेछ र आगामी बुधबार ११ देखि १५ डिग्रीको हाराहारीमा रहनेछ। त्यस्तै, ताकु लिङ जस्ता निश्चित क्षेत्रमा भने ८ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ।
अब्जर्भेटरीले आज (सोमबार) को तापक्रम २१ देखि २५ डिग्रीका बीच रहने जनाएको छ भने दिउँसो साढे ५ बजेको तापक्रम २१.५ डिग्री सेल्सियस रहेको थियो।
30
Shares
प्रतिक्रिया