आइतबार हङकङेलीहरूमाझ एउटा अनौठो भिडिओ भाइरल भयो।
सामाजिक सञ्जालमा पोस्ट भएको भिडिओमा देखिएअनुसार हङकङको क्लस्टर रोडमा एक किशोर बेपरवाह तरिकाले सडकको बीचमा हिँडिरहेको दृश्यले सबैको ध्यान खिच्यो।
यतिसम्म कि सडकमा गुडिरहेका गाडीको हर्न र चालकहरूले सडकबाट हटेर फुटपाथमा जान गरेको आग्रहलाई त ती किशोरले बेवास्ता गरे गरे एक चालक ट्याक्सीबाट ओर्लिएर उनलाई समात्न खोज्दा झन् बीचबीचै भागेको दृश्यले धेरैलाई अचम्मित बनायो।
यतिसम्म कि उनलाई छोप्नका लागि चालक कुद्न थालेपछि ती किशोर पनि कुद्छन् र चालकले झोला पक्रन सफल हुँदा झोला नै छोडेर भाग्न खोज्छन्।
अन्ततः अर्को गाडीका चालक पनि ओर्लिएर उनलाई फुटपाथतिर पठाउँछन्। भिडिओ यतिमै सकिन्छ।
यो भिडिओ आइतबार बिहान ११ बजे रेकर्ड गरिएको स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।
हेर्नुस् भिडिओ-
48
Shares
प्रतिक्रिया