मंगलबार बेलुका काइतक निर्माणस्थलमा भएको दुर्घटनामा मानवीय त्रुटि रहेको आशंका गरिएको छ।
सिङ्फु लेनस्थित आवासीय भवन निर्माणस्थलमा हिजो स्काफफोल्डिङ भत्किँदा दुई जनाको मृत्यु भएको थियो।
दुर्घटनामा पाँच जना घाइते भएका थिए। १९ तला माथिबाट खसेको १५ मिटर अग्लो र आठ मिटर चौडाइको स्काफफोल्डिङले तीन महिला र एक पुरुषलाई ठक्कर दिएको थियो।
१९औँ तलामा एक महिला कामदार काम गरिरहेको अवस्थामा आचानक भत्किएर खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अधिकारीले बताएका छन्।
बुधबार बिहान श्रम विभाग र भवन विभागका अधिकारीसहित प्रहरीको टोली घटनास्थल पुगी थप अनुसन्धान गरिरहेका छन्।
यसैबीच हङकङ निर्माण उद्योग कर्मचारी जनरल युनियनका सुरक्षा सल्लाहकार लि क्वोङ सिङले मानवीय त्रुटिका कारण घटना घटेको हुनसक्ने आशंका गरे।
‘स्काफफोल्डरको संरचनालाई सपोर्ट दिनका लागि पर्याप्त मात्रामा पुटलगहरू राखिएको हुन्छ,’ लिले स्थानीय सञ्चारमाध्यमसँग भनेका छन्, ‘तर, अन्य कामदारले अरू काम गर्ने सिलसिलामा यसलाई अनलिंक गरिदिन सक्छन्।’
अर्कोतर्फ औद्योगिक दुर्घटना पीडितको अधिकार संघ (एसोसिएसन फर द राइट्स अफ इन्डस्ट्रियल एक्सिडेन्ट भिक्टिम्स’ले दुर्घटनाको कारण छिटो पत्ता लगाउन माग गरेको छ।
Shares
प्रतिक्रिया