हङकङको काइतकमा रहेको एक निर्माण क्षेत्रमा स्काफफोल्डिङ (निर्माण कार्यका लागि बनाइने अस्थायी संरचना) भत्किँदा दुई कामदारको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
२ सिङफु लेनस्थित आवासीय भवन निर्माणस्थलमा आज (मंगलबार) साँझ ५ बजे दुर्घटना भएको हो।
दुर्घटनामा चार महिला र एक पुरुष घाइते भएका थिए। उनीहरूलाई युनाइटेड क्रिश्चियन अस्पताल लगिएकोमा अस्पतालले दुई जनालाई मृत घोषित गरेको स्थानीय सञ्चारमाध्यममा उल्लेख छ। मृत्यु हुनेहरू ५४ र ६८ वर्षका रहेको बुझिएको छ।
सम्बन्धित कार्यस्थल पानो हार्बर नामक आवासीय परियोजनासँग सम्बन्धित छ। यो परियोजना यसै वर्षको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्यसहित अघि बढिरहेको छ।
171
Shares
प्रतिक्रिया