१८ वर्षका ती किशोर लागुपदार्थ तस्करी र मनी लाउन्ड्रिङ कार्यमा सक्रिय भएको देखिएको प्रहरीलाई उदृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
बुधबार प्रहरीले नाम नखुलाइएका ती किशोर पक्राउ गरेको पुष्टि गरेको थियो। ती किशोरले सरकारविरुद्धको प्रदर्शनमा प्रदर्शनकारीले भनेका काम गर्दथे।
सरकारविरद्ध पर्चा टाँस्ने लगायतका कार्य गरेबापत् उनलाई आन्दोलनकारीले पैसा दिएको प्रहरीले बताएका छन्।
ती किशोरले ४८ हजार हङकङ डलर आन्दोलनकारीबाट प्राप्त गरेका थिए। प्रहरीले बेरोजगार किशोरको बैंक खातामा अवैध पैसाको कारोबार भएको पत्ता लगाएपछि उनलाई नियन्त्रणमा लिएको हो।
अनुसन्धानमा उनी लागुऔषधमा पनि संलग्न भएको देखिएको जनाइएको छ।
प्रतिक्रिया