गत मंगलबार हङकङ- काठमाडाैंको नियमित उडानको क्रममा मस्तिष्क घात भै बेहोस बनेका डिकप्रसाद राईको स्वस्थ्य स्थितीमा कुनै सुधार नआएकाे चिकित्सकले बताएका छन्।
बिमारीका आफन्त किरात राई यायोख्खा हङकङका भुपू अध्यक्ष रजिन राईले चिकित्सकलाई उदृत गर्दै बिरामीकाे अवस्था चिन्ताजनक रहेकाे जानकारी दिए। राईले नेपालखबरसँग भने 'अस्पतालमा हामी कसैलाई प्रत्यक्ष भेट गर्न दिईएको छैन, तर डाक्टरले स्थिती गम्भीर तथा चिन्ताजनक भनी ब्रीफिङ गरेका छन्। उनलाई कृतिम श्वासप्रश्वास दिईएर सघन कक्षमा उपचार भै रहेको चिकित्सकहरुले बताएका छन।'
बिरामीलाई शुरुमा लान्ताउ अस्पताल लगिए पनि बुधबार प्रीन्स मार्गरेट अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। उपचारको क्रममा बिरामीको राष्ट्रियता आधिकारिक रुपमा प्रमाणित नभएको पनि राईले बताए। जहाज भित्रै बेहोस भए पछि उनलाई आपतकालीन स्थितीमा अस्पताल लगिएको थियो।
राईले भने 'बिरामीको राहदानी समेत नेपाल एयरलाईन्सको कार्यालयमा रहेकोले बिरामीलाई भेरिफाई गर्न सकिएको छैन। उनको हङकङ आईडी समेत फेला परेको छैन, तथापी हामीले प्रतिलिपी पेश गरेका छौं, अस्पतालले सक्कली आईडि वा राहदानीको माग गरेका छन। सम्भवत भोलिसम्ममा पेश गर्नेछौं।'
किरात राई भित्रका पाछा यलुङ्छाका अध्यक्ष जयराम राईले बिरामी ब्यक्ती यलुङछा भएकोले उनका लागि के कस्ताे सहयोग गर्ने भन्ने बारे आपतकालीन बैठक बस्न लागेको समेत नेपालखबर लाई जानकारी गराए।
यो पनि
विमानमा नेपाली यात्रु बेहोस भएपछि हङकङमा आकस्मिक अवतरण
प्रतिक्रिया