हङकङका सार्वजनिक स्विमिङ पुल अप्रिल १ बाट खुला हुने सांस्कृतिक सेवा विभाग (लिजर एन्ड कल्चरल सर्भिस डिपार्टमेन्ट)ले बताएको छ।
मुइवो स्विमिङ पुल बाहेक अन्य स्विमिङ पुल अप्रिल १ देखि बिहान साढे ६ बजेदेखि बेलुका १० बजेसम्म सञ्चालन हुने विभागको शुक्रबार जारी सूचनामा छ।
बिहानदेखि रातिसम्म खुल्ने यी पुल बीचमा दुई पटक १/१ घण्टाको ब्रेकसहित तीन चरणमा सञ्चालन हुनेछन्।
यस्तै, मुइवो स्विमिङ पुल पनि अप्रिल ६ देखि सञ्चालन आउनेछ। तर, यसको समय तालिका भने केही फरक हुनेछ।
यो पुल बिहान साढे ८ बजेदेखि बेलुका ६ बजेसम्म बीचमा एक घण्टा ब्रेक हुनेगरी सञ्चालनमा आउनेछ। ‘फेरी’को समय तालिकासँग तालमेल मिलाउनका लागि सञ्चालन समय अलग गरिएको विभागले जनाएको छ।
काउलुनमा रहेको काउलुन चाइ स्विमिङ पुल भने मर्मतकै क्रममा रहेकोले अहिले बन्द नै रहनेछ।
यसैगरी, सुविधायुक्त १७ पुल कम्प्लेक्समध्ये तातो सुविधा भएका पुल अप्रिल १ देखि १५ सम्ममा खुलिसक्नेछन् भने तातो सुविधा नभएका पुल १६ अप्रिलमा सञ्चालनमा आउनेछन्।
पुलको दैनिक सरसफाइका अतिरिक्त पूर्ण सफाइका लागि हप्तामा एक दिन बन्द गरिनेछ। यदि निर्धारित सफाइका दिन सार्वजनिक बिदा पर्न गएमा, सोही हप्ताभित्र अर्को दिन बन्द गरिने विभागले जनाएको छ।
यसका अलावा, अप्रिल १ बाटै दैनिक रूपमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म २२ ‘ग्याजेटेड बिच’मा लाइफसेभिङ सेवा उपलब्ध गराउने पनि विभागले घोषणा गरेको छ।
लाइफसेभिङ सेवाविना समुद्री तटमा पौडी नखेल्न समेत विभागले सर्वसाधारणलाई अपिल गरेको छ। द स्ट्यान्डर्ड
Shares
प्रतिक्रिया