आइतबारसम्मको तथ्यांकअनुसार हङकङमा संक्रमितको संख्या ५७ पुगेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
हङकङमा आइतबार एक जोडी कोरोनाका कारण अस्पताल भर्ना भएको पछिल्लो खबर सार्वजनिक भएको छ।
मिङ कुङ म्यानसनमा बस्दै आएका एक ५७ वर्षका पुरुषमा कोरोना देखिँदा उनकी ५४ वर्षकी श्रीमतीलाई पनि कोरोना लाग्ने जोखिम भएका कारण अस्पताल भर्ना गरिएको हो।
दुवैको पामेरा योउदा नेथरसोल इस्टर्न अस्पिटलमा उपचार भइरहेको छ।
आइतबारसम्मको तथ्यांकअनुसार चीनमा मात्र ६८ हजार ५ सयभन्दा बढी कोरोनाबाट संक्रमित बनेका छन्। त्यहाँ मृतकको संख्या १६ सय ६५ पुगेको छ।
चीनबाहिर झन्डै ३० देशमा कोरोना फैलिएको छ। जहाँ ५ सयभन्दा बढी संक्रमित छन्। चीनबाहिर फ्रान्स, हङकङ, फिलिपिन्स र जापानमा एक–एक जनाको ज्यान गएको छ।
प्रतिक्रिया