जाडो यामको मनसुनले दक्षिणी चीनमा जाडो ल्याइरहेको र यस्तै प्रक्रिया केही दिनसम्म चल्ने मौसम विभागले जनाएको छ।
सोमबार बिहान ८.४० बजे हङकङको लाउ फाउ सानमा ७.९ डिग्रीले तापक्रम घटेको थियो। मौसम विभागले फेब्रुअरी महिनामा १० डिग्रीसम्म तापक्रम घट्नु सामान्य भएको बताएको छ।
यद्यपी सोमबार यो वर्षकै जाडो दिन मापन भएको एससीएमपीले जनाएको छ। सोमबार हङकङको तापक्रम बढेर १६ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ।
प्रतिक्रिया