कोरोनाभाइरस रोगको त्रास फैलिएको बेला हङ्कङको एक सुपरमार्केट अगाडिबाट ५० प्याकेटमा रहेका ६ सयवटा ट्वाइलेट पेपर लुटिएको एससीएमपीले जनाएको छ।
मङककको वेलकप स्टोर अगाडिबाट ३ जना नाकाबधारीले हतियार देखाउँदै ट्वाइलेट पेपर वितरकबाट उक्त सामाग्री लुटेका थिए। लुटिएको उक्त ट्वाइलेट पेपर हङकङ डलर १७ सय बराबरका थिए।
ती व्यक्तिहरुले छुरा देखाउँदै वितरकलाई धम्काएका थिए। प्रहरीे अहिले ३ मध्ये २ जनालाई नियन्त्रणमा लिइसकेको छ।
कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा थुपारेको हुनाले त्यहाँ अहिले त्यसको चरम अभाव छ।
हङ्कङका पसलमा ट्वाइलेट पेपर पाउन गाह्रो हुन थालेको र पाइने पसलमा मानिसहरूको ताँती लाग्न थालेको बताइएको छ।
सरकारले आपूर्ति सहज भएको दाबी गरेको भए पनि मानिसहरूले अनावश्यक मात्रामा ट्वाइलेट पेपर थुपार्न छोडेका छैनन्।
यसरी घरमा थन्क्याइएको छ ट्वाइलेट पेपर
Shares
प्रतिक्रिया