बिहीबार दिउँसो हङकङका केही ठाउँमा मेघगर्जन सहित पानी परेको छ।
दिनको सुरुआतमा घमाइलो रहेको हङकङको मौसम मध्यान्हपछि अकस्मात् वर्षामा परिणत भएको हो।
अब्जर्भेटरीले दिउँसो १ बजे वर्षकै पहिलो भारी वर्षा (एम्बर रेनस्ट्रम) हुने चेतावनी जारी गरेको थियो। भारी वर्षाले प्रतिघण्टा ३० मिलिमिटरभन्दा बढी वर्षा हुने संकेत गर्दछ। यद्यपि, दिउँसो २ बजे ‘एम्बर’ वर्षाको चेतावनी रद्द गरिएको थियो।
तर पनि दिउँसो १ः१० मा चेउङ चाउमा ९० किलोमिटर प्रतिघण्टाको गतिमा तीव्र हावा चलेको रेकर्ड भएको मौसमविद्ले जनाएका छन्।
अब्जर्भेटरीका अनुसार आगामी नौ दिनको तापक्रम २४ देखि ३१ डिग्री सेल्सियसको बीचमा रहनेछ भने वर्षाको अवस्था अर्को हप्तासम्म रहन सक्नेछ।
आज राति पनि केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। एजेन्सी
93
Shares
प्रतिक्रिया