हङकङ प्रहरीले लागू औषध, जुवा र यौन व्यवसायमा संलग्न १४२ जनालाई पक्राउ गरेको छ।
११ दिनसम्म सञ्चालन भएको अपरेसन अभियानमा १५ देखि ६१ वर्षका ७२ जना पुरुष र ७० जना महिला पक्राउ परेका हुन्।
जसमध्ये १ सय ११ जना स्थानीय, १७ मुख्यभूमि चीनका यात्रु, ८ जना विदेशी राहदानीवाहक र ६ जना पहिचान फरामसहित अध्यागमन विभागले जारी गरेको अस्थायी पहिचान कागजात बोकेका व्यक्ति छन्। यी ६ जना जसले अध्यागमनले प्रदान गरेको कागजात बोकेका छन्, यो कागजातले उनीहरूलाई सहरमा बस्न अनुमति दिन्छ तर काम गर्न निषेध गर्दछ।
उनीहरूलाई खतरनाक लागूऔषध ओसारपसार, ट्रायड सोसाइटीको सदस्य, जुवातास तथा यौन व्यवसायमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
अपरेसनका क्रममा प्रहरीले करिब ७ लाख अमेरिकी डलर बराबरको नगद, विभिन्न लागू औषध, जुवा खेल्ने सामग्री, हतियार र मदिरा बरामद गरेको जनाएको छ।
Shares
प्रतिक्रिया