हङकङ : १२ वर्षीया बालिकासँग यौन सम्बन्ध राखेको आरोपमा वकिल पक्राउ

हङकङ : १२ वर्षीया बालिकासँग यौन सम्बन्ध राखेको आरोपमा वकिल पक्राउ

बालिकासँग अवैध सम्बन्ध राख्ने वकिललाई वेस्ट काउलुन अदालतमा उपस्थित गराइएको थियो (एससीएमपी)


नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार १७:१४, हङकङ

१२ वर्षीया बालिकासँग अवैध यौन सम्बन्ध राखेको आरोपमा हङकङका एक वकिल पक्राउ परेका छन्।

३९ वर्षीय वकिल लक खिनछिङलाई बालिकासँग अवैध यौन सम्बन्ध राखेको र गैरकानुनी कार्यको लागि भिडिओ खिचेको आरोपमा शुक्रबार हिरासतमा राखिएको छ।

बालिकासँग यौन सम्बन्ध राखेको र बाल पोर्नोग्राफीको नियतले भिडिओ खिचेको आरोपमा वेस्ट काउलुन अदालतमा उनलाई उपस्थित गराइएको थियो।

यस वर्षको मार्च ४ र २८ मा लकले मावानस्थित पार्क आइल्यान्डको अग्लो आवासीय कम्प्लेक्समा रहेको आफ्नो फ्ल्याटमा बालिकासँग यौनसम्पर्क गरेको अभियोग लागेको छ।

यस्तै, उक्त सम्बन्धको भिडिओ पनि रेकर्ड गरेको अर्को आरोप छ।

उनको आरोप सम्बन्धमा थप अनुसन्धानका लागि अदालतले प्रहरीलाई थप आठ हप्ताको समय दिएको छ।

हाल हिरासतमा रहेका उनलाई जुलाईमा अदालत उपस्थित गराइनेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .