हङकङमा सार्वजनिक आवास फ्ल्याट भाडामा लिनको लागि पर्खाइको समय केही घटेको छ।
शुक्रबार आवास प्राधिकरणले जनाएअनुसार मार्चको अन्त्यसम्मको औसत पर्खाइ समय ५.८ वर्षबाट ५.७ मा झरेको छ।
त्यस्तै, वृद्ध आवेदकको लागि औसत प्रतीक्षा समय ०.२ वर्ष घटेर ३.८ मा झरेको छ।
आवास प्राधिकरणले आफ्ना धेरै परियोजना क्रमशः पूरा हुने चरणमा रहेको बताएको छ।
यद्यपि, केही निर्माण कम्पनीले घातक दुर्घटनापछि सुरक्षा सरोकारका कारण आफ्नो इजाजत पत्र गुमाएकाले लक्ष्यअनुसार प्रगतिमा केही ढिलाइ हुने देखिएको प्राधिकरणले जनाएको छ।
यस वर्ष (सन् २०२४) मा औसत प्रतीक्षा समय स्थिर रहने प्राधिकरणको आकलन छ।
पर्खाइको यस अवधिमा सरकारले अल्पकालीन आवास उपलब्ध गराउने संक्रमणकालीन आवास निर्माणलाई पनि निरन्तरता दिने प्राधिकरणले जनाएको छ। -एजेन्सी
4.5k
Shares
प्रतिक्रिया