सोमबार बिहान हङकङको साइकाङस्थित सडकमा गुडिरहेको गाडी अनियन्त्रित भएर स्थानीयको घरभित्र छिर्न पुगेको छ।
प्रहरीलाई परेको उजुरीअनुसार ५४ वर्षीय पुरुषले गाडी चलाउने क्रममा ब्रेकको सट्टा एक्सेलेटर दबाउन पुग्दा गाडी घरको झ्याल फोडेर भित्र पसेको थियो।
घटनामा मानवीय क्षति नभए पनि धनमालको भने क्षति भएको छ।
चान उपनामका घरमालिकले क्षतिको विवरण यकिन नभइसकेको र घटनालाई प्रहरीले अनुसन्धान गरिरहेको बताएको द स्ट्यान्डर्डले जनाएको छ।
1.1k
Shares
प्रतिक्रिया