हङकङ पर्यटन बोर्डले सहरमा पर्यटकको संख्या बढेको बताएको छ।
बोर्डले मङ्गलबार घोषणा गरेअनुसार अप्रिलमा मात्र ३४ लाख पर्यटक हङकङ भित्रिएका छन्। जुन गतवर्षको तुलनामा १७ प्रतिशतले बढी हो।
अप्रिलमा हङकङ भित्रिएका कुल पर्यटकमध्ये २५ लाख अर्थात् ७३ प्रतिशत मुख्यभूमि चीनबाट आएका थिए।
त्यस्तै, अमेरिका, क्यानडा जस्ता लामो दूरीका आगन्तुक पनि ८० प्रतिशतले बढेको बोर्डले जनाएको छ।
यसका साथै, यस वर्षको पहिलो चार महिनामा झन्डै डेढ करोड (१४६.२ लाख) पर्यटकले हङकङको भ्रमण गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा दोब्बर हो।
33
Shares
प्रतिक्रिया