जापानमा भएको हेलिकोप्टर दुर्घटनाका घाइतेमध्ये २ जना हङकङका दम्पती

जापानमा भएको हेलिकोप्टर दुर्घटनाका घाइतेमध्ये २ जना हङकङका दम्पती

दुर्घटनामा पाइलटसहित हङकङका दम्पती गम्भीर घाइते भएका छन् (एएफपी)


नेपालखबर
जेठ १, २०८१ मंगलबार १४:४, हङकङ

जापानमा आइतबार भएको होलिकोप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका तीन जनामध्ये दुई हङकङवासी भएको हङकङ अध्यागमन विभागका अधिकारीले बताएका छन्।

विभागले मंगलबार यसबारेमा जानकारी दिँदै दुर्घटनामा परेका हङकङका एक दम्पतीलाई मद्दत गर्न फुकुओकामा चिनियाँ वाणिज्यदूतावाससँग काम गरिरहेको बताएको छ।

जापानी सञ्चारमाध्यमका अनुसार आइतबार दिउँसो करिब १२ बजेतिर हेलिकोप्टरको इन्जिन फेल भएपछि फोर्स ल्यान्डिङका क्रममा उक्त दुर्घटना भएको हो।

हेलिकोप्टर कुमामोटो प्रिफेक्चरको एसो सिटीमा पर्यटकीय स्थलको दृश्यावलोकनको क्रममा थियो।

स्थानीय अधिकारीले बताएअनुसार आपत्कालीन अवतरणका क्रममा विमान जमिनमा ठोकियो र त्यसमा सवार सबै (तीन) जना गम्भीर घाइते भए।

जसमध्ये ३० वर्ष उमेर हाराहारीका हङकङका दम्पतीको हिप र रिब भाँचियो भने हेलिकोप्टरका पाइलट ५० वर्षीय पुरुषको मेरुदण्ड भाँचिन पुग्यो।

हेलिकोप्टरको अवतरण गियर र पुच्छरमा पनि क्षति पुगेको छ।

जापानी सञ्चारमाध्यमका अनुसार स्थानीय चिडियाखाना एसो कड्ली डोमिनियनको एयरफिल्डबाट उडेको हेलिकोप्टर माउन्ट एसोको नाकाडाके ज्वालामुखी क्रेटरमा उडानबाट फर्कँदै गर्दा वृद्धवृद्धा हेरचाह केन्द्रभन्दा ५० मिटर टाढाको पहाडमा दुर्घटना भएको थियो।

हेलिकप्टर माउन्ट आसोको नाकाडाके ज्वालामुखी क्रेटरको यात्राबाट फर्किंदै गर्दा दुर्घटना भएको हो (फेसबुक/कुमामोटो जापान टुरिजम)

जापानको भूमि, पूर्वाधार, यातायात र पर्यटन मन्त्रालयका अनुसार पाइलटले विमानको पछाडिको भागबाट अनौठो आवाज आएको र इन्जिनको गतिमा पनि तीव्र गिरावट आएको रिपोर्ट गरेपछि आपत्कालीन अवतरणको प्रयास गर्न प्रेरित गरिएको थियो।

हङकङको अध्यागमन विभागले घाइते दम्पतीबाट सहयोगको लागि अनुरोध आएको र फुकुओकास्थित चिनियाँ वाणिज्यदूतावसमार्फत सम्पर्क गरेको बताएको छ।

एसो कड्ली डोमिनियनको वेबसाइटमा उल्लेख गरिएअनुसार हेलिकोप्टर भ्रमण चिनियाखानाको मुख्य आकर्षण हो।

कम्पनीले स्थानीय पहाड वरिपरि विभिन्न हेलिकोप्टर यात्रा प्रदान गर्ने गर्दछ। जसमा चार मिनेटदेखि १० मिनेटसम्मका यात्रा कुसासेनरी र नाकाडाके क्रेटरका घाँसे मैदानसमेत समावेश भएका यात्रा रहेका छन्।

त्यस्तै, ५० हजार जापानी येन (दुई हजार चार सय ९६ हङकङ डलर)मा तीन जनासम्मको लागि १५ मिनेटको चार्टर्ड यात्रा पनि उपलब्ध छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .