हङकङ : अब वानचाइबाट बन्ने छैन ‘ट्राभल डकुमेन्ट’, अध्यागमन विभागको मुख्यालय सर्दै

हङकङ : अब वानचाइबाट बन्ने छैन ‘ट्राभल डकुमेन्ट’, अध्यागमन विभागको मुख्यालय सर्दै

अध्यागमन विभागको मुख्यालय वान चाइको अध्यागमन टावरबाट ११ जुनमा चेङ क्वान ओ को नयाँ भवनमा सर्ने भएको छ (तस्बिर : विकिपीडिया)


नेपालखबर
जेठ ३, २०८१ बिहिबार १५:४, हङकङ

हङकङमा हुनुहुन्छ र राहदानी, यात्रा कागजात (ट्राभल डकुमेन्ट) लगायतका अध्यागमनसम्बन्धी काम गर्नुपर्नेछ भने अर्को महिनादेखि वानचाइ नजानु होला। किनकि अध्यागमनको मुख्यालय जुन ११ देखि वानचाइबाट सर्दैछ।

हाल इमिग्रेसन टावरको चोथो तलामा रहेका यात्रा कागजात, राष्ट्रियता (निवेदन) लगायतका शाखा पनि सोही दिन मुख्यालयसँगै नयाँ कार्यालयमा सर्ने छन्।

मुख्यालय चेङक्वान ओ मा सार्न लागिएको हो।

यसअघि नै वानचाइ कार्यालयबाट राहदानी र अन्य यात्रा कागजातका लागि आवेदन दिएका आवेदकले पनि यी कागजत संकलन चेङक्वान ओमा रहने नयाँ कार्यालयबाटै गर्नुपर्नेछ।

विभागका सहायक प्रमुख अध्यागमन अधिकारी कुङ क्वोक लेङले यस्ता आवेदन करिब ११ हजार रहेको र उनीहरूले पनि नयाँ कार्यालयबाटै कागजत संकलन गर्नुपर्ने बताएको साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ।

यात्रा कागजातको आवेदन र संकलनका लागि भीडको सामना गर्नु नपरोस् भनी केन्द्रीय कार्यालयमा स्वचालित मेसिन थप गरिने पनि विभागले जनाएको छ।

कार्यालयमा जुन ११ सम्म यस्ता मेसिन १० वटा रहनेछन् भने नयाँ कार्यालयमा सरेपछि यसको संख्या २० पुर्‍याइनेछ। जसलाई सर्वसाधारणले आवेदन दिन र कागजत संकलन गर्न प्रयोग गर्न सक्नेछन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .