हङकङ : कर्मचारीको तलब ५.४७ प्रतिशत वृद्धि प्रस्तावमा कर्मचारी संघको समर्थन

हङकङ : कर्मचारीको तलब ५.४७ प्रतिशत वृद्धि प्रस्तावमा कर्मचारी संघको समर्थन

संघका अनुसार हाल हङकङमा निजामती कर्मचारीको संख्या एक लाख ७० हजार छ (एससीएमपी)


नेपालखबर
जेठ ४, २०८१ शुक्रबार १६:३५, हङकङ

हङकङको सबैभन्दा ठूलो निजामती कर्मचारी संघले सरकारी कर्मचारीको तलब ५.४७ प्रतिशतसम्मको प्रस्तावित वृद्धिलाई समर्थन गरेको छ।

हङकङ चिनियाँ निजामती कर्मचारी संघ (हङकङ चाइनिज सिभिल सर्भान्ट्स एसोसिएसन)ले बिहीबार प्रकाशित पछिल्लो तलब प्रवृत्ति सर्वेक्षणमा उल्लेखित प्रस्तावित तलब वृद्धिलाई समर्थन गरेको हो।

प्रतिवेदनमा उच्च तहका कर्मचारीको तलब ४.०१ प्रतिशत, मध्यम तहका कर्मचारीको ४.३२ प्रतिशत र तल्लो तहका कर्मचारीको तलब ५.४७ प्रतिशत वृद्धि गर्ने प्रस्ताव गरिएको छ।

अघिल्लो प्रतिवेदनले उच्च तहकालाई २.८७ प्रतिशत, मध्यम श्रेणीकाको ४.६५ प्रतिशत र तल्लो दर्जाका कर्मचारीको ४.५ प्रतिशत वृद्धि गर्न सिफारिस गरेको थियो। यी दुवै प्रस्ताव अघिल्लो वर्षको तुलनामा धेरै हुन्।

हाल निजामती सेवामा एक लाख ७० हजार कर्मचारी कार्यरत रहेको संघका महासचिव चोइ कुन लङले बताए। उनका अनुसार सेवामा एक लाख ९७ हजार दरबन्दी छ।

तलब वृद्धिको निर्णय गर्ने सरकारी प्रमुख निकाय कार्यकारी परिषद्ले निजामती कर्मचारीको तलब समायोजनको अन्तिम निर्णय गर्नुअघि विभिन्न ६ कारणलाई इंगित गरेको छ। जसमध्ये तलब प्रवृत्ति एक हो।

त्यस्तै अन्य पाँच कारणमा, स्थानीय अर्थतन्त्रको अवस्था, जीवनयापनको लागत, सरकारको वित्तीय स्थिति, कर्मचारीको तलब दाबी र निजामती कर्मचारीको मनोबल रहेका छन्।

तलब प्रवृत्ति सर्वेक्षण समितिमा रहेका निजामती सेवाका प्रतिनिधिले अर्को बुधबार प्रतिवेदनमाथि प्रतिक्रिया दिनेछन्। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .