हङकङको नाइनपिन टापुमा लडेर घाइते पदयात्रीको हेलिकोप्टरबाट उद्धार, अवस्था गम्भीर

हङकङको नाइनपिन टापुमा लडेर घाइते पदयात्रीको हेलिकोप्टरबाट उद्धार, अवस्था गम्भीर

नाइनपिन समूहमा दुई ठूला र २७ वटा साना टापु रहेका छन् (एससीएमपी)


नेपालखबर
साउन २०, २०८१ आइतबार १८:२०, हङकङ

भूवैज्ञानिक विशेषताको लागि चिनिने पूर्वी हङकङमा रहेको मानव बस्तीरहित टापुमा लडेर एक पदयात्री गम्भीर घाइते भएका छन्।

५७ वर्षीय पदयात्री उत्तरी नाइनपिन समूहको अन्वेषणका क्रममा लडेर घाइते भएका हुन्।

साथीहरूका साथ अन्वेषणमा पुगेका उनी लडेपछि आइतबार बिहान पौने ११ बजे प्रहरीलाई खबर गरिएको थियो।

पदयात्री ‘बिग क्यानन रक’ भनेर चिनिने ठाउँबाट करिब ४ मिटर तल खसेको भनिएको छ। यो स्थान उत्तरी नाइनपिन टापुको पूर्वी तटीय चट्टानबाट तेर्सो रूपमा उठेको हेक्सागोनल स्तम्भ, नाइनपिन समूह वा क्वो चाउ टापुहरूको अंश हो।

प्रहरीले दिएको जानकारीअनुसार घाइतेलाई होलिकोप्टरबाट उद्धार गरिएको छ। उद्धार गर्दा होसमै रहेका उनको खुट्टा भाँचिएको छ भने टाउकोमा चोट लागेको छ। उद्धार क्रममा उनको टाउकोबाट रगत बगिरहेको थियो।

घाइते पदयात्रीको चाइवानस्थित पामेला युड नेदरसोल पूर्वी अस्पतालमा उपचार भइरहेको छ। अस्पतालले गराएको जानकारीअनुसार साँझसम्म उनको अवस्था गम्भीर छ।

दुई ठूला र २७ वटा साना टापु मिलेर बनेको नाइनपिन समूह आकर्षक हेक्सागोनल रक स्तम्भ र समुद्री गुफाहरूका लागि प्रख्यात छ।

ज्वालामुखी हेक्सागोनल चट्टानबाट सिर्जित मानव बस्तीरहित यो द्वीप समूह साइकुङबाट १५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ। भौगोलिक अन्वेषण र चट्टान अवलोकनका लागि निकै लोकप्रिय पनि छ। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .