यी हुन् पेरिस ओलम्पिकमा इतिहास रच्ने हङकङका खेलाडी

यी हुन् पेरिस ओलम्पिकमा इतिहास रच्ने हङकङका खेलाडी

दायाँबाट क्रमश: भिभियन कङ, एडगर चेङ र सिओभान हौघे (सबै तस्बिर : एसएफ एन्ड ओसी)


नेपालखबर
साउन २०, २०८१ आइतबार १३:३०, हङकङ

हङकङका ओलम्पियनहरूले पेरिस ओलम्पिक २०२४ को पहिलो हप्तामा दुई स्वर्ण र दुई कास्य पदक जितेर इतिहास रचेका छन्। जसले सहरको ओलम्पिक स्वर्ण पदक तालिकालाई दोब्बर बनाएको छ।

भिभियन कङले ‘वुमन्स इन्डिभिजअुल इपे’मा र एडगर चेङले ‘मेन्स इन्डिभिजुअल फोइल’मा स्वर्ण जिते भने पौडीकी सिओभान हौघेले ‘वुमन्स २०० मिटर र १०० मिटर फ्रिस्टाइल’मा कास्य जितिन्।

शुक्रबारसम्म हङकङ, चीनको टोली दुई स्वर्ण र दुई कास्यसहित पदक तालिकामा १४औँ स्थानमा छ।

चीन ११ स्वर्ण, सात रजत र सात कास्य पदकका साथ अग्रस्थानमा छ भने अमेरिका र फ्रान्स यसपछि छन्।

यही साउन ११ गते राति भव्य उद्घाटन गरिएको पेरिस ओलम्पिकको साउन २७ गते समापन हुनेछ। उक्त प्रतियोगितामा १० हजार ५ सयभन्दा बढी खेलाडीले ३२ खेलमा पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

पेरिसमा यो तेस्रोपटक ओलम्पिक आयोजना गरिएको हो।

जुलाई २७, खेलका क्रममा भिभियन कङ। कङले वुमन्स इन्डिभिजअुल इपेमा स्वर्ण पदक जितेकी छन्।

जुलाई २७, वुमन्स इन्डिभिजअुल इपेको फाइनलमा हङकङकी भिभियन कङ (दायाँ) र फ्रान्सकी ओरियन माल्लो ब्रेटन।

जुलाई २९, मेन्स इन्डिभिजुअल फोइलमा स्वर्ण पदक विजेता एडगर चेङ भीडलाई सम्बोधन गर्दै।

जुलाई २९, मेन्स इन्डिभिजुअल फोइलको फाइनलमा हङकङका एडगर चेङ (बायाँ) र इटालीका फिलिपो माकी।

पौडीबाज सिओभान हाउगेले वुमन्स २०० मिटर र १०० मिटर फ्रिस्टाइलमा कास्य जितेकी छन्।

जुलाई २८, सिओभान हाउगे वुमन्स २०० मिटर फ्रिस्टाइलको सेमिफाइनलमा डाइभ गर्दै। (एचकेएफपीबाट)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .