हङकङ : आवागमनै अवरुद्ध हुनेगरी सडकमा ढल्यो रुख

हङकङ : आवागमनै अवरुद्ध हुनेगरी सडकमा ढल्यो रुख

लेइचेङ स्विमिङ पुल अगाडि अग्लो रुख ढलेको हो (सबै तस्बिर : द स्ट्यान्डर्ड)


नेपालखबर
साउन २२, २०८१ मंगलबार १७:२२, हङकङ

मंगलबार दिउँसो हङकङको चेङसा वानमा आवागमनै अवरुद्ध हुनेगरी सडकमा रुख ढलेको छ।

तीव्र हावाहुरीका कारण क्वोङली रोडको वारपार हुने गरी अग्लो रुख ढलेको हो।

रुख ढलेपछि प्रहरीले क्वोङली रोड र प्रतास स्ट्रिटबीच आवातजावतमा रोक लगाएको थियो।

ढलेको रुख सफा गर्न घटनास्थलमा अग्निनियन्त्रकको टोली खटिएको थियो। घटनामा कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ।

हङकङ अब्जर्भेटरीका अनुसार आज दिउँसो करिब २ बजे स्टार फेरी पियरमा ८० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .