हङकङ : ढलभित्र भेटियो प्लास्टिकले बेरेको अवस्थामा पुरुषको शव

हङकङ : ढलभित्र भेटियो प्लास्टिकले बेरेको अवस्थामा पुरुषको शव

३ मिटर गहिरो नालाभित्र पुरुषको शव भेटिएको हो (सबै तस्बिर : द स्ट्यान्डर्ड)


नेपालखबर
साउन २३, २०८१ बुधबार १२:८, हङकङ

बुधबार बिहान क्यासल पिक रोडको नालामा एक पुरुषको शव भेटिएको छ।

सामचेङस्थित गार्डेन कम्पनी प्लाननजिकै सडकमा कालो प्लास्टिकको झोलामा बेरिएको अवस्थामा ढलभित्र शव फेला परेको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

उक्त ढल तीन मिटर गहिरो रहेको छ।

स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार सीएलपी समूहका कामदारले बिहान ११ बजे ढलभित्र शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले मृतकको व्यक्तिगत सामान पनि ढलभित्र फेला परेको जनाएको छ। मृत व्यक्ति ७० वर्षको रहेको बताइएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .