एक हप्तामा पहिलोपटक कोरोनाबाट संक्रमित कोही नभेटिएको स्वास्थ्य अधिकारीहरुलाई उदृत गर्दै एससीएमपीले जनाएको छ।
हाल हङकङमा ९८ जना कोरोनाबाट संक्रमित छन्। दैनिकजसो कोरोना संक्रमितको संख्या वृद्ध हुँदै गएको अवस्थामा सोमबार भने कोरोनाबाट संक्रमित नभेटिएको जनाइएको हो।
हङकङमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। यहाँ उपचारपछि ३६ जना कोराना संक्रमित स्वस्थ बनेका छन्।
चीनबाट कोरोना फैलने त्रास बढेपछि हङकङले मुख्य क्षेत्र चीनसँगको प्राय सबै सिमाना बन्द गरिदिएको छ।
प्रतिक्रिया