हङकङमा कोरोना संक्रमितको संख्या एक सय पुगेको छ। सोमबार थप दुई जनामा संक्रमणको पुष्टि भएको हो।
नयाँ बिरामीमध्ये एक जना ६३ वर्षीय व्यक्ति रहेको र उनका बहिनी यसअघि नै संक्रमित भइसकेको हङकङको सेन्टर फर हेल्थ प्रोटेक्सनले जनाएको छ।
ती व्यक्ति हङकङ छाडेर कतै नगएको बताइएको छ। त्यस्तै उनी २२ फेब्रुअरीमा छोरीको विवाहमा सहभागी भएका थिए।
उनको हाल पामेल युडी नेदरसोल इस्टर्न हस्पिटलमा उपचार भइरहेको छ।
प्रतिक्रिया