बुधबार बिहान हङकङको डायमण्ड हिलस्थित प्लाजा हलिउड सपिङ सेन्टर अगाडि मिनिबसले पैदलयात्रुलाई ठक्कर दिँदा ४७ वर्षीया महिलाको मृत्यु भएको छ।
लङ पुन रोडबाट मिनिबस टर्मिनल जाँदै महिलालाई बिहान करिब ११ बजे गाडीले ठक्कर दिएको प्रहरीले जनाएको हो।
घाइते महिलालाई बेहोस अवस्थामा उद्धार गरी क्वुनतोङस्थित युनाइटेड क्रिश्चियन अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरियो।
ठक्कर दिने मिनिबसका चालकलाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै एससीएमपीमा उल्लेख छ।
93
Shares
प्रतिक्रिया