हङकङमा सोमबार ७ कोरोना संक्रमित थपिए, बिरामीको संख्या पुग्यो १ सय ५५

हङकङमा सोमबार ७ कोरोना संक्रमित थपिए, बिरामीको संख्या पुग्यो १ सय ५५

नेपालखबर
चैत ३, २०७६ सोमबार १२:३२,

पछिल्लो सयम संक्रमित हुनेमा एक २६ वर्षकी महिला र एक सर्जरीका डाक्टर भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

यी सातै व्यक्तिहरु पछिल्लो समय विभिन्न देश भ्रमणमा पुगेर फर्किएको जनाइएको छ। २६ वर्षकी महिला र एक पुरुष जापानबाट फर्किएका थिए भने ३ व्यक्ति युरोप र २ व्यक्ति अफ्रिका भ्रमणमा गएका थिए।

हालसम्म विश्वका १ सय ५० भन्दा बढी मुलुकमा पुगेको कोरोनाले हङकङमा चार जनाको ज्यान लिइसकेको छ।

हङकङमा पछिल्लो सयम कोरोनाका कराण व्यापार ठप्प भएका छन्। हजारौं मानिसले जागिर गुमाउँदा बेरोजगारी दर बढ्दै गएको छ।

विश्वभर हाल १ लाख ७३ हजार २९ जनामा कोरोनाको संक्रमण देखिएको छ। हालसम्म ६ हजार ६६३ को मृत्यु भइसकेको छ।

यसबीचमा कोरोनाको उद्गमस्थल चीनमा हालसम्म ८० हजार ८८० संक्रमित बनेका छन्। ३ हजार २१३ को मृत्यु भइसकेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .