हालै विदेशबाट फर्किएका मानिसहरु जसमा कोरोनको लक्षण देखिएको छैन त्यस्ता मानिसलाई हङकङ सरकारले घरमै क्वारेन्टाइनको नियम पालना गर्न आदेश दिएको छ।
तर धेरैले सरकारको आदेश पालना नगरी घरबाट बाहिर जाने र क्वारेन्टाइनको नियम उल्लंघन गर्ने कार्य गरेपछि हालै सरकारले अनिवार्य रिस्टब्यान्ड लगाउनै पर्ने नियम बनाएको हो।
यस विद्युतीय हातेफिताले मानिसको ठेगाना, उ कहाँ गइरहेको छ भन्नेबारे जानकारी दिनेछ।
यसको सहयोगमा सरकारी अधिकारीले क्वारेन्टाइनमा बस्न भनिएका मानिसले नियम पालना गरेको छ या छैन भन्ने थाहा पाउनेछन्।
हालसम्म हङकङमा १५७ जना कोरोनाबाट संक्रमित छन्। चार जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया