हङकङ ट्रान्जिट हुने उडानलाई पनि यस प्रतिबन्धले असर गर्ने साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
बुधबारदेखि हङकङ ट्रान्जिट हुने उडानहरु स्थगित गरिने र विदेशीलाई आफ्नो भूमी प्रवेशमा रोक लगाइने हङकङकी कार्यकारी प्रमुख क्यारी लामले सोमबार बताइन्।
हङकङका नागरिकलाई भने स्वदेश फर्कन प्रतिबन्ध लगाइएको छैन।
विदेशी पर्यटकबाट हङकमा कारोना लगातार फैलिएको तथ्यांक प्राप्त भएपछि स्थानीय नागरिकले सरकारसलाई विदेशी पर्यटकलाई प्रतिबन्ध लगाउनु पर्ने माग गरेका थिए।
यस्तै सरकारले बार, पब, रमाइलो स्थानहरुमा प्रतिबन्ध लगाउने पनि बताएको छl
हालसम्म हङकङमा ३ सय १८ जना संक्रमित बनेका छन्। त्यहाँ ४ जनाको मृत्यु भइसकेको छ।
कोरोनाको संक्रमण हाल विश्वका १८० भन्दा बढी मुलुकमा फैलिएको छ। यसबाट ३ लाख ४० हजार बिरामी छन, १४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
प्रतिक्रिया