साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङ सरकारले कोरोनाले प्रभावित भएका उद्योग, कम्पनी र कामदारलाई सहयोग गर्न एक खर्ब डलरको राहत प्याकेज घोषणा गर्न लागेको हो।
यस कार्यक्रमअन्तर्गत सरकारले कोरोनाका कारण आर्थिक संकटको भार व्यहोरीरहेका कम्पनीको कामदारको आधा तलब व्यहोर्नेछ।
बुधबार यस राहत प्याकेजको घोषणा हुने एससीएमपीले जनाएको छ। हाल हङकङका होटल, ब्युटि पार्लर, जिमखाना, विमानस्थल, रेल सेवा सबै ठप्प छन्।
आर्थिक कोरोबार ठप्प भएपछि मानिसहरु बेरोजगार बनेका छन् भने ठूला कम्पनीहरु घाटामा जान थालेका छन्।
सरकारको राहत कार्यक्रमले घाटामा जान लागेका कम्पनी र उद्योगलाई राहत प्रदान गर्ने अपेक्षा गरिएको छ।
हङकङमा हालसम्म ९६१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। त्यहाँ चार जनाको मृत्यु भइसकेको छ।
3
Shares
प्रतिक्रिया