२२ दिनयता लगातार हङकङमा स्थानीयबाट स्थानीयमा कोरोनाको संक्रमण भएको छैन।
यसबीचमा सोमबार हङकङमा कोरोनाबाट कोही पनि संक्रमित नबनेको एसीएमपीले जनाएको छ।
हालसम्म यहाँ एक हजार ४७ मा कोरोना पुष्टि हुँदा संक्रमितमध्ये चारको मृत्यु भएको छ, ९ सय ८५ उपचारपछि स्वस्थ बनेका छन्।
यस्तै कोरोनाको प्रभाव घट्दै जाँदा हङकङ सरकारले सिमानामा लगाएको प्रतिबन्ध हटाउने योजना पनि ल्याएको छ।
सोमबार टा कुङ पाओ पत्रिकासँगको अन्तर्वार्ताको क्रममा हङकङकी कार्यकारी प्रमुख क्यारी लामले अब चाँडै मकाउ र ग्वाङदोङ प्रान्तको सिमाना खोल्ने योजना रहेको जानकारी दिइन्।
सिमानाको प्रतिबन्ध हटाउनको कार्य एक हप्ताभित्रमा सम्पन्न हुने जनाइएको छ।
प्रतिक्रिया