अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले बुधबार हङकङ चीनबाट स्वतन्त्र नरहेकाले अब अमेरिकाले हङकङलाई स्वतन्त्र क्षेत्र नठान्ने बताएका हुन्।
अमेरिकी निर्णयले हङकङलाई आर्थिक रुपमा ठूलो घाटा हुने अनुमान गरिएको छ। हाल अमेरिकाले हङकङमा ठूलो लगानी गरेको छ। अमेरिका र हङकङबीच विशेष आर्थिक सम्बन्ध स्थापित भएको छ।
अब भने अमेरिकाले हङकङमा लगानी नगर्ने विश्लेषण हुन थालेको छ। अमेरिकाले पहिल्यैदेखि हङकङ चीनबाट स्वतन्त्र हुन नसके आफूले गर्दै आएको लगानी रोक्ने चेतावनी दिएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी कँग्रेसले हङकङमा कस्तो नीति लिने भनेर निर्णय गर्नेछन्।
गतवर्ष सुपुर्दगी विधेयकको विषयलाई लिएर हङकङा महिनौं लामो आन्दोलन भएको थियो। यतिबेला हङकङमा फेरि चीनले प्रस्ताव गरेको सुरक्षा कानुनको विषयलाई आन्दोलन सुरु भएको छ।
अमेरिकाले हङकङले चीनबाट स्वतन्त्र भएर काम गर्न पाउनुपर्ने धारणा राख्छ। अमेरिकाले यस्ता प्रस्तावित कानुने हङकङको स्वायत्तता गुम्ने खतरा भएको बताउँदै गर्दा हङकङका नागरिक सरकारविरुद्ध आन्दोलन गरिरहेका छन्।
नयाँ प्रस्ताविक सुरक्षा कानुनअनुसार हङकङमा चीन विरोधी कार्य गर्न पाइने छैन। कार्यकारी प्रमुख क्यारी लामले बेइजिङले प्रस्ताव गरेको कानुनको समर्थन गरेकी छिन्। एजेन्सी
प्रतिक्रिया