आइतबार हङकङ सरकारले एक विज्ञप्ती जारी गर्दै नेपालमा फसेका आफ्ना नागरिक जुन एक तारिख अर्थात भोलि सोमबार नै विशेष विमान मार्फत फर्काउने बताएको हो।
हङकङका आइडी बाहक ती नागरिक नेपाली मूलका हुन्। हङकङका करिब एक हजार तीन सय नेपाली अहिले लकडाउनका कारण नेपालमै रोकिएका छन्।
हङकङस्थित नेपालको वाणिज्य दूतावाससँग सहकार्य गरी हङकङ सरकारले नेपालमा फसेका हङकङ नागरिक फिर्ता ल्याउन लागेको हो।
विज्ञप्तीमा दुईवटा विमान चार्टड गरेको उल्लेख गरिएको छ।
काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईवटा विमानले झन्डै ३ सय ३० नागरिक फिर्ता ल्याउने विज्ञप्तीमा जनाइएको छ।
हङकङ फर्कने सबै नागरिकको कोरोना परीक्षण हुनेछ साथै उनीहरुलाई चुन युङ स्टेटमा १४ दिन क्वारेन्टिनमा राखिनेछ।
वर्ल्डो मिटरका अनुसार हालसम्म हङकङमा एक हजार ८५ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। संक्रमितमध्ये ४ को मृत्युहुँदा १ हजार ३७ उपचारपछि स्वस्थ बनेका छन्।
Shares
प्रतिक्रिया