लकडाउनका कारण नेपालमा अलपत्र परेका ५८० नेपाली नेपाल एयरलाइन्सका तीन जहाजमा हङकङ फर्किँदै छन्।
नेपाल वायुसेवाका ३ जहाज एकैपटक हङकङ जान लागेका हुन्।
सोमबार बेलुका ८ः३०,९ः३०र १०ः३०मा जहाज उड्ने नेपाल नागरिक उड्डयन प्राधपकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
ए ३२० का दुईवटा र ए३३० को एक जहाजले उडान गर्दै छन्।
दुइटा न्यारोबडीमा १ सय ५५ का दरले ३ सय १० र एउटा वाइडबडीमा २ सय ७०यात्रु फर्किने छन्।
हङकङमा स्कुलको पठनपाठनको समय भेटाउन, भिसाको म्याद सकिनबाट जोगिन चार्टर्ड जहाजमार्फत ८५ हजारदेखि १ लाख रुपैयाँ तिरेर यी नेपाली फर्किन लागेका हुन्।
लकडाउन अघि नेपाल आएका विद्यार्थी, कामदार लगायत हङकङको भिसा तथा आइडी भएका नेपाली फर्किन लागेको बताएको छ।
प्रतिक्रिया