कानुन लागू भएकै दिन सुरक्षा कानुन उल्लंघन गरेपछि एक व्यक्ति पक्राउ परेको एससीएमपीले जनाएको छ।
ती व्यक्ति सुरक्षा कानुन उल्लंघन गरेको आरोपमा गिरफ्तार भएका पहिलो व्यक्ति हुन्।
बुधबार हङकङमा बेलायती शासन अन्त्य भएको र स्वतन्त्रता स्थापना भएको २३ वर्ष पुरा भएको छ। यसबीचमा प्रदर्शनकारीले नयाँ सुरक्षा कानुनको विरोधमा सडकमा उत्रिएका थिए।
प्रदर्शनकारीले बुधबार स्वतन्त्र हङकङको नारा लगाउँदै, स्वतन्त्रता समर्थक झण्डा बोकेका थिए। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन पेपर स्प्रे प्रयोग गरेको बताइएको छ।
हङकङको नयाँ कानुनमा हङकङ अलग पार्ने, तोडफोड, आतंकवाद र विदेशी सेनाको सहयोगमा राष्ट्रिय सुरक्षालाई जोखिममा पुर्याउन प्रतिबन्ध लगाइएको छ। यसो गरे अपराध मानिने र हदैसम्मको दण्ड सजाय हुने उल्लेख छ।
#BREAKING: A man was arrested for holding a #HKIndependence flag in #CausewayBay, Hong Kong, violating the #NationalSecurityLaw. This is the first arrest made since the law has come into force. pic.twitter.com/C0ezm3SGDm
— Hong Kong Police Force (@hkpoliceforce) July 1, 2020चिनियाँ कम्युनिस्ट पार्टिका नेताहरुले कानुन उल्लंघन गर्नेलाई आजीवन जेल सजाय हुनसक्ने बताएका छन्।
सन् १९९७ मा बेलायतले चीनलाई हङ्कङ हस्तान्तरण गर्दा भएको एउटा विशेष सम्झौताअनुसार त्यहाँका नागरिकलाई मुख्य भूमि चीनमा उपलब्ध नभएका अभिव्यक्ति स्वतन्त्राजस्ता अधिकारहरू कम्तीमा ५० वर्षका लागि सुनिश्चित गरिएको थियो।
नयाँ कानुनले स्वतन्त्रता खोसेको भन्दै हङकङबासी आक्रोशित बनेका छन्। अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले चीनले ५० वर्ष स्वतन्त्रता दिने वाचा गरेको भए पनि जम्मा २३ वर्ष मात्र दिएको टिप्पणी गरेका छन्। एजेन्सी
Hundreds take to Causeway Bay, protesting the national security law
— SCMP Hong Kong (@SCMPHongKong) July 1, 2020
Video: SCMP/Zoe Low pic.twitter.com/jeyNQliLUl
प्रतिक्रिया