प्रहरीले गत आइतबारको प्रदर्शन जारीरहँदा एक १२ वर्षकी बालिकालाई पक्राउ गर्न खोजेका थिए। किशोरी भाग्न थालेपछि प्रहरीले उनलाई लडाएर नियन्त्रणमा लिएको थियो।
सानी किशोरीमाथि प्रहरीले दुव्र्यवहार गरेको भनेर यतिबेला हङकङभर आवाज उठिरहेको छ।
उक्त भिडियो गत आइतबारको भएको बताइएको छ। आइतबार हङकङमा विधान परिषदको निर्वाचन ढिलो गराइएको भन्दै सरकारविरुद्ध प्रदर्शन गरिएको थियो।
सो प्रदर्शनका क्रममा झन्डै ३ सय प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो। प्रहरीले बालिकालाई पक्राउ गर्न बल प्रयोग नगरेको बताएको छ।
प्रदर्शन भइरहँदा ती बालिका शंकास्पद तवरले भागेपछि आफूहरुले उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार बालिका अवैध रुपमा प्रदर्शनमा सहभागी भएकी थिइन्। उनको परिवारलाई २ हजार हङकङ डलर जरिवाना पनि तिराइएको छ।
हालै हङकङमा अवैध भेलालाई पनि राज्यको विरोध ठहर गर्ने र सोही अनुसार कारवाही गर्ने बताइएको छ।
(भिडियो)
प्रतिक्रिया