बिहानै अध्यागमन खोलेर मकाउले विदाई गर्‍यो ३० जना नेपाली

बिहानै अध्यागमन खोलेर मकाउले विदाई गर्‍यो ३० जना नेपाली

नेपालखबर
भदौ २४, २०७७ बुधबार ३:९,

नेपाली श्रमिकलाई हङकङ हुँदै नेपाल पठाउन मकाउले एकाबिहानै अध्यागमन कार्यालय खोलेर बिदाई गरेको छ।

कोरोनाको कारण रोजगारी गुमाएका र श्रम सम्झौता सकिएका ३० जना नेपाली बुधबार हङकङ हुँदे नेपाल फर्कंदै छन्।

एनआरएनए मकाउका अध्यक्ष पूर्ण गुरुङका अनुसार ३१ जना नेपाली फर्कने तयारीमा रहेकोमा पीसीआर परीक्षण रिपोर्ट आउन ढिलो हुँदा एक जना रोकिएका छन्। ३० जनाले अध्यागमन पास भएर हङकङ हुँदै नेपाल फर्कने क्रममा छन्।

‘नेपाली महावाणिज्य दूतावासको विशेष आग्रहमा मकाउले बुधबार बिहानै अध्यागम कार्यालय खोलेर ३० जना नेपालीलाई फर्कने अनुमति दिएको हो’, गुरुङले भने, ‘दूतावासले नै रिजर्भ गरेको बसमा उनीहरू एक घण्टामै हङकङ पुगेका छन्।’

महावाणिज्य दूतावास र एनआरएनए मकाउको सहयोगमा उनीहरू नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाल फर्कंदै छन्। उनीहरूलाई हङकङ प्रवेश गर्ने भिसा पनि दूतावासले आफ्नै खर्चमा मिलाइदिएको हो।

हङकङ–काठमाडौं जहाज टिकटको खर्च भने सबैले आफैं व्यहोरेका छन्।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .