तीन नकाबधारी व्यक्तिले बिहान १० बजेर ३८ मिनेट जाँदा वङ ताइ सिनको यान ज्वेलेरीमा चक्कुदेखाएर लुटपाट मच्चाएको एससीएमपीले जनाएको छ।
तीन महिला कामदार अगाडि नै ती व्यक्तिहरुले लुटपाट गरेको प्रहरीले बताएका छन्। उनीहरुले दश लाख हङकङ डलरभन्दा बढीका गहना लुटेको जनाइएको छ।
लुटपाट मच्चिएको समयमा गहना पसलमा कोही ग्राहक थिएनन्। लुटपाट हुनासाथ त्यहाँका कामदारले प्रहरीलाई खबर गरेका थिए।
लुटेराहरु ज्वेलेरीबाट निस्केर सुक लुक ट्रिटहुँदै कारमा भागेका थिए। कारमा अन्य संदिग्ध व्यत्तिलले उनीहरुलाई भाग्न पर्खिरहेका थिए।
हाल लुटपाट गर्ने तीन जनालाई शहर खोज्न प्रहरी परिचालन गरिएको छ।
प्रहरीका अनुसार यसवर्ष मात्र हङकङमा १८६ वटा लुटपाटका घटना प्रहरीमा रिपोर्ट भएका छन्।
3
Shares
प्रतिक्रिया