‘हङकङका लागि आगामी अप्रिलसम्ममा तयार हुनसक्छ कोरोना भ्याक्सिन’

‘हङकङका लागि आगामी अप्रिलसम्ममा तयार हुनसक्छ कोरोना भ्याक्सिन’

नेपालखबर
भदौ २८, २०७७ आइतबार ११:५०,

हाल हङकङले आफ्ना सम्पूर्ण नागरिकको लागि खोप बुकिङ गरिरहेको छ। केही समय अगाडि मात्र हङकङले आफ्ना ३५ प्रतिशत नागरिकका लागि खोप बुकिङ गरेको जनाएको थियो।

विश्वभर अहिले चीन, रुस, बेलायत, अमेरिका, अस्ट्रेलियाजस्ता देशमा बनेका खोपहरु हाल तेस्रो चरणको परीक्षणका क्रममा छन्। यी परीक्षण पुरा भएपछि खोप सार्वजनिक हुनेछन्।

हङकङ सरकारका स्वास्थ्य सल्लाहकारका अनुसार आगामी वर्षको अप्रिलमा हङकङका नागरिककालागि कोरोनाको खोप उपलब्ध हुनसक्छ।

त्यसबेलासम्म हङकङका नागरिकले व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना गर्नुपर्ने र मास्क लगाउनुपर्ने विज्ञको सुझाव छ।

यसैबीच आइतबार हङकङमा १९ नयाँ कोरोना संक्रमित थपिएका छन्।

यससँगै यहाँ ४ हजार ९५८ जनामा कोरोना पुष्टि भइसकेको छ। संक्रमितमध्ये सयजनाको मृत्यु भएको छ भने ४६ सय उपचापछि स्वस्थ बनेका छन्। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .