ताइवान भाग्दै गर्दा पक्राउ परेका हङकङका नागरिकलाई चीनले अलगाववादी भन्यो

ताइवान भाग्दै गर्दा पक्राउ परेका हङकङका नागरिकलाई चीनले अलगाववादी भन्यो

नेपालखबर
भदौ २९, २०७७ सोमबार ११:४५,

आइतबार चीनको विदेशमन्त्रालयकी प्रवक्ता हुवा चनयिङले ती नागरिकहरु हङकङलाई चीनबाट अलग गर्ने चाहने व्यक्तिहरु भएको बताएकी थिइन्।

चीनका अनुसार हङकङमा चीनविरुद्ध गतिविधि गर्नेहरु यतिबेला धमाधम समुन्द्रको बाटो हुँदै ताइवान भाग्न थालेका छन्।

यसअघि पाँच हङकङका नागरिक जसले गतवर्ष सरकारविरुद्धको आन्दोलनमा सक्रिय रुपमा भाग लिएका थिए, हाल उनीहरु ताइवानमा भागेर पुगेका छन्।

हालै पक्राउ परेका भनिएका १२ नागरिकलाई चिनियाँ जनमुक्ति सेनाले नियन्त्रणमा लिएको हो।

यतिबेला पक्राउ परेका परिवारले चिनियाँ सेनाबाट आफ्ना मानिस छुटाउन हङकङ सरकारसँग आग्रह गरिरहेका छन्।

यद्यपी हङकङले भने चिनियाँ सेनाले १२ नागरिक नियन्त्रणमा लिएको विषयमा हस्तक्षेप नगर्ने बताएको छ।

मुख्य क्षेत्र चीनले गरेको कार्यको आफूले सम्मान गर्ने हङकङले बताएको हो। हाल पक्राउ परेका भनिएका १२ जनाले हङकङमा विभिन्न अपराध गरेको भनिएपनि उनीहरुले के गरेका थिए केही खुलाइएको छैन।

पक्राउ परेका १२ जनालाई चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता चुनयिङले अलगाववादी भनेपछि उनीहरुका परिवार रुष्ट बनेका छन्।

उनीहरुले चुनयिङको टिप्पणी हाँस्यास्पद भएको बताएका छन्। हङकङले नै यस विषयमा केही नभनेको अवस्थामा चुनयिङले अर्थहिन टिप्पणी गरेको उनीहरुको भनाइ छ। अज्लाजिरा र एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .