चीनको वार्षिकोत्सवमा हिंस्रक गतिविधिको योजना बनाउने हङकङका ३ नागरिक गिरफ्तार

चीनको वार्षिकोत्सवमा हिंस्रक गतिविधिको योजना बनाउने हङकङका ३ नागरिक गिरफ्तार

नेपालखबर
असोज १३, २०७७ मंगलबार १३:१३,

अक्टोबर १ आर्थात् यसैहप्ताको बिहिबार चीनले ७१ औं वार्षिकोत्सव मनाउँदैछ। यसबीचमा चीन सरकारविरुद्ध आफ्ना असन्तुष्टि पोख्न हङकङमा तीन व्यक्तिले हिंस्रक गतिविधि गर्ने योजना बनाएका थिए।

तर उनीहरुको योजना असफल भएको एससीएमपीले जनाएको छ। मंगलबार हङकङका दुई विद्यार्थी र एक डेलिभेरी कामदारलाई प्रहरीले गिरफ्तार गरेको छ।

हङकङस्थित बेइजिङको सम्पर्क कार्यालयले अक्टोबर १ का दिन कानुन विपरित गएर प्रदर्शन गरिए राष्ट्रिय सुरक्षा कानुनअनुसार कारवाही हुने चेतावनी दिइसकेको छ।

राष्ट्रिय सुरक्षा कानुनलाई तोडे ती मानिसलाई अपराधी ठहर गरिनेछ। हङकङका नागरिकले गतवर्षयता चीनबाट हङकङ अलग हुनुपर्ने आवाज उठाउँदै आएका छन्।

गतवर्ष चीनविरुद्ध हङकङमा महिनौं लामो आन्दोलन पनि चर्किएको थियो। प्रदर्शनमा चीनको झण्डा जलाइएको थियो। हङकङ स्वतन्त्र हुनुपर्ने आवाज उठेको थियो।

तर यसवर्ष चीनले हङकङका लागि राष्ट्रिय सुरक्षा कानुन बनाइदिएको छ, जुन लागू भइसकेको छ।

यस कानुनले हङकङमा कुनैपनि चिनियाँ गतिविधिलाई अपराध ठहर्याउनेछ। यस कानुनअनुसार नै हङकङमा चीनको विरोध गर्ने व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका छन्।

यसबीचमा मंगलबार पनि चीनको विरोध गर्ने तयारी थालेका ३ व्यक्ति पक्राउ परेका हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .